कालो ढुँसी संक्रमणबाट कैलालीमा एकको मृत्यु

336

धनगढी । कैलालीमा एकजना म्युकरमाइकोसिस (कालो ढुँसी) संक्रमितको मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा फंगसले निम्त्याउने कालो ढुँसी  (म्युकरमाइकोसिस) बाट एक जनाको मृत्यु भएको हो।

जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत जिल्लाको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

‘उनमा बुधबार म्युकरमाइकोसिस पुष्टि भएको थियो,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘कोभिड–१९ को रिपोर्ट भने नेगेटिभ आएको थियो। आज बिहान ७ बजे मृत्यु भएको हो।’

उनका अनुसार कालो ढुँसीबाट सेती प्रादेशिक अस्पतालमा यो पहिलो मृत्यु हो। यो रोगले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गर्ने गरेको छ। मधुमेह, क्यान्सरलगायतका बिरामीमा यसको समस्या बढी देखिने चिकित्सकहरुले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here