सिरहा । सिरहामा औषधी व्यवसायीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।
मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि शनिवारराती अज्ञान समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
अज्ञात समूहले चलाएको गोली उनको हात र तिघ्रामा लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जनाउनुभयो । ४० वर्षीय साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

















