जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त

164

लमजुङ । जिल्ला अस्पताल लमजुङलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ। नमस्ते किड्स नेपाल नामक संस्थाले एक लाख ६० हजार रुपैयाँ बराबरको सामग्री प्रदान गरेको हो।

नमस्ते किड्सका जिल्ला संयोजक अनिल गुरुङका अनुसार बाल बालिकाको क्षेत्रका  काम गर्दै आएको यस संस्थाले विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमण जोखिमलाई मध्यनजर गरी अस्पतालाई स्वास्थ्य सामग्री वितरण गरेको बताए। संस्थाले आइतबार अस्पताललाई १५ थान अक्सिमिटर, पिपिई २० सेट, ५०० मिलिमिटरको ४० बोटल सेनिटाइजर, ३ हजार ५०० थान मास्क, २ हजार थान ग्लोब्स प्रदान गरेको छ।

यस्तै, बेंसीशहर नगरपालिकालाई ५०० मिलिटिरको १० बोतल सेनिटाइजर र १ हजार ५०० थान सर्जिकल मास्क उपलब्ध गराएको छ। उक्त सामग्री प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपनिरीक्षक गंगाबहादुर थापा, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल लगायतको उपस्थितिमा संस्थाका अध्यक्ष सगुन गुरुङ र उपाध्यक्ष अनिल कुमार श्रेष्ठले जिल्ला अस्पतालका प्रमुख हेमन्त श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here