काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन्। एमालेका निष्कासित नेता माधवकुमार नेपालसँगको भेटवार्तालगत्तै प्रचण्ड देउवानिवास पुगेको प्रचण्डनिकट स्रोतले जनाए।
एमाले अध्यक्ष केपी ओलीले नेता नेपाल समूहसँग पार्टी एकताको लागि आह्वान गरेपछि प्रचण्ड सक्रिय भएर लागेका हुन्।
विपक्षी गठबन्धनमा सामेल भएका नेता नेपाललाई ओलीको आह्वानले पार्टीभित्रबाटै दबाब भइरहेको बेलामा प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ। देउवासँग पनि पछिल्लो राजनीति परिस्थितिको बारेमा छलफल हुने बुझिएको छ।