मेची राजमार्गमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एकको मृत्यु

53

काठमाडौं/पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा मंगलबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एक महिलाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु घर भएका ३२ वर्षीय सवारी चालक मिलन बिष्ट र पिकअपमा सवार सोही गाउँकी २५ वर्षीया सीता अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

खाद्यान्न बोकेर झापादेखि ताप्लेजुङतर्फ गइरहेको प्रदेश नं.०१–००१ च ७६९१ नम्बरको पिकअप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए। उनकाअनुसार पिकअप सडकबाट करिब ५० मिटर तल खसेको छ। मृतकको पोष्टमार्टमका लागि पाँचथर अस्पताल पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here