सुदुरपश्चिमका मुख्यमन्त्रीले पाए विश्वासको मत

131

काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले बहुमत प्रदेशसभा सदस्यको समर्थन पाएका हुन् ।

मुख्यमन्त्री भट्टको पक्षमा ३० सांसदले मत दिएका छन् । उनको विपक्षमा ९ मत परेको छ । मतदानमा १२ सांसदले भने सहभागिता जनाएनन् ।

५१ सदस्यीय प्रदेशसभामा नेकपा (एमाले)का २५, माओवादी केन्द्रका १४, कांग्रेसका १३, जसपाका २ सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here