पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युबमा

92

काठमाडौं । चर्चित गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ फेरि युट्युवमा आएको छ । सत्ताको दबाबमा दुई वर्षअघि प्रतिबन्ध लगाइएको गीत पुनः यूट्युबमा आएको हो ।

तत्कालिन समय सरकारको विरोध गरेको भन्दै एमालेको भातृ संगठन युवा संघले सच्याउन धम्की दिएपछि गायक शर्माले गीतलाई यूट्युबबाट हटाएका थिए ।

गीत हटाइएपछि सरकारको तिव्र आलोचना भएको थियो । संसदमा समेत गीतको विषयमा निकै चर्चाचर्की भएको थियो ।

गीतमा वाइडबडीमा भएको भ्रष्टाचारदेखि राष्ट्रपतिलाई किनिएको करोडौंको हेलिकोप्टरको विरोध गरिएको छ । गीतमा सरकारलाई ‘यमराज’को उपमा दिइएको छ ।

यस्तो छ लुट्न सके लुट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here