भारतमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी

125

काठमाडौं । भारतमा केही सातायता कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या तिब्ररुपमा बढी रहेको छ ।

भारतमा सोमबार र मंगलबार १ लाख भन्दा कम संक्रमित पुष्टि भएका छन् । भारतमा मंगलबार ९२ हजार ७१९ नयाँ कोरोना संक्रमित थपिएका छन् । सोहि अवधिमा १ लाख ६२ हजार २८० जना निको भएका छन् । प्रतिदिन संक्रमित हुने भन्दा निको हुनेको यो संख्या दोब्बर हो । तर, सोमबारको तुलनामा मंगलबार संक्रमित हुनेको संख्या केही बढी हो ।

त्यसैगरी मंगलबार २२२२ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । सोमबारको तुलनामा मंगलबार ज्यान गुमाउनेको यो संख्या झण्डै १०० ले बढी हो ।

भारतमा हालसम्म २ करोड ९० लाखमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ करोड ७४ लाख निको भएका छन् । सोहि अवधिमा ३ लाख ५३ हजारले ज्यान गुमाइसकेका छन् । साथै १२ लाख २६ हजार संक्रिय संक्रमितको उपचार भइरहेको छ ।

भारतका यी १२ राज्यमा अझै पनि कडा निशेधाज्ञा
भारतका १२ राज्यमा अझै पनि लकडाउन सरह कडा निशेधाज्ञा जारी गरिएको छ । भारतको हिमान्चल प्रदेश, झारखंड, छत्तिसगढ, उडिसा, कर्णाटक, केरला, तमिलनाडु, मिजोरम, गोवा, तेलंगना, पश्चिम बंगाल र पुडुचोरी राज्यमा कडा निशेधाज्ञा जारी गरिएको छ ।

यी २० राज्यमा आंशिक निशेधाज्ञा
त्यसैगरी कोरोनाबाट सबैभन्दा बढी प्रभावित रहेका राज्यहरु दिल्ली, बिहार, महाराष्ट्र तथा राजस्थान, उत्तर प्रदेश, मध्यप्रदेश पंजाब, हरियाणा, उत्तराखण्डर, लद्दाख, जम्मु कश्मिर, अरुणान्चल प्रदेश, सिक्किम, मेघालय, नागाल्याण्ड, आसाम, मणिपुर, त्रिपुरा, आंन्ध्र प्रदेश र गुजरातम स्वास्थ्यका मापदण्ड पालना गर्दै निशेधाज्ञालाई केही खुकुलो बनाइएको छ ।

निजी अस्पतालमा ७८० भारुमै कोरोनाविरुद्धको खोप लगाइदिने
भारतले निजी अस्पतालमा लगाइने खोपको मूल्य तोकिदिएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार निजी अस्पतालमा लगाइने कोभिसिल्ड खोप सबैभन्दा सस्तो रहेको छ । समाचार ऐजेन्सीका अनुसार कोभिसिल्ड ७८०, स्पुतनिक भी १११५ र कोभ्याक्सको खोप १४१० भारतीय रुपैयाँमा लगाउन पाइनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here