बेलायती प्रधानमन्त्रीको जी सेभनका नेताहरूलाई असमानता व्यवस्थापन गर्न आग्रह

162

काठमाडौ । बेलायती प्रधानमन्त्री बोरिस जनसनले जी सेभनका नेताहरूलाई सो बैठक हुन अघि कोभिड महामारी पछि राम्रो भन्दा राम्रो निर्माण गर्न आग्रह गरेका छन् ।

सन्२००८को वित्तीय संकट र असामनताका घाउलाई पुर्न गरेको गलतीबाट पाठ सिक्न आवश्यक भएको प्रधानमन्त्री जनसनले भनेका छन् ।

बेलायतमा हुन लागेका बेला जी सेभन नेताहरूले बैठक हुन अघि महारानीले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

जी सेभनको शिखर सम्मेलनमा कोभिडि खोपको वितरण सम्बन्धी एजेन्डा सबै भन्दा प्रमुख रहेको छ ।

ती नेताहरूले समूहगत फोटो लिएका थिए । जे सेभनको शिखर बैठकमा भाग लिन अमेरका, फ्रान्स, जर्मनी, इटली , जापान र क्यानाडाका राष्ट्रप्रमुख वा सरकार प्रमुख पुगेका छन् ।

विश्वका सर्वाधिक ठूला सात अर्थतन्त्र भएका देशहरूको संगठन जी सेभनको यो शिखर सम्मेलन प्रत्यक्ष सहभागितामा कोरोना भएयता पहिलो पटक भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here