इटाली पुग्यो अन्तिम १६ मा

173

काठमाडौं । इटालीले स्विट्जरल्यान्ड विरुद्ध उत्कृष्ट जित निकाल्दै युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ ।

इटालीले बिहीबार विहान सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोलले पराजित गरेको हो । खेलको २६ र ५२ औँ मिनेटमा इटालीका लोकाटेलीले गोल गरेका थिए भने खेलको ८९ मिनेटमा इमोबिलले तेस्रो गोल गरेका थिए ।

लगातार दोस्रो खेलमा जित निकालेसँगै इटाली अन्तिम १६ मा पुगेको छ । इटाली जारी युरो कपमा अन्तिम १६ मा पुग्ने पहिलो टिम पनि बनेको छ ।

त्यसैगरी बुधबार राति सम्पन्न भएको समूह’ए’ कै अर्को खेलमा वेल्सले टर्कीलाई २-० गोलले पराजित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here