निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू

81

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ ।
वैशाख १३ देखि जारी हुन थालेको निषेधाज्ञा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी आएसँगै ७५ जिल्लासम्म जारी भएको छ । जसमध्ये ७३ जिल्लामा पूर्ण र दुई जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।
अहिले ७५ जिल्लामा निषेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जनाएको छ । बिहीबार गृह मन्त्रालयले सार्वजनिक गरेको विवरणमा बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, पर्वत, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप र नुवाकोटमा पूर्ण (जिल्ला भर) निषेधाज्ञा जारी छ ।
त्यस्तै धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरनसी पूर्व, रोल्पा, म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा, नवलपरासी पश्चिम, इलाम, दोलखा, सिन्धुपाल्चोक, धनकुटा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा, सर्लाही, जुम्ला, सिन्धुली, सप्तरी, ओखलढुंगा, रसुवा, पाँचथर, सोलुखुम्बु, भोजपुर, मुस्ताङ, रुकुम पूर्व र तेह्रथुममा पूर्ण निषेधाज्ञा जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
यसैगरी मुस्ताङ र ताप्लेजुङमा आंशिक निषेधाज्ञा जारी रहेको छ । मुस्ताङ जिल्लाको थासाङ, घरझोङ र बारागुङ मुक्तिक्षेत्रमा मात्रै निषेधाज्ञा जारी भएको छ । यहाँ वैशाख ३० गतेदेखि लागू गरिएको निषेधाज्ञा असार ७ गतेसम्म लागू हुने छ । त्यस्तै ताप्लेजुङ जिल्लाको ताप्लेजुङ फङलिङ नागरपालिका क्षेत्रको दोभान, हान्द्रुङ, दगुर्ने, थुम्मा, सिस्ने र फत्ङलुङ गाउँपालिका–३ को लिङखिम बारी, फरुम्बु क्षेत्र, सिकैचा बारी फावाखोला क्षेत्र, सुकेटार आसपास, पाथिभरा याङबरक गाउँपालिका जाने बाटो कामीडाँडा र काबेली खाृलाको चार किल्लासम्म निषेधाज्ञा जारी रहेको छ । यहाँ वैशाख २० देखि लागू गरिएको निषेधाज्ञा असार ७ गतेसम्म लागू हुने छ ।
त्यस्तै ७७ जिल्लामध्ये खोडाङ र मनाङमा भने निषेधाज्ञा लगाइएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले खोटाङ दोस्रो लहरमा निषेधाज्ञा जारी नगरिएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here