पार्टीका कार्यकर्तालाई उद्धार तथा राहत कार्यमा लाग्न बिप्लवको निर्देशन

276

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिएको छ । सो पार्टीका महासचिव विप्लवले प्राकृतिक विपत्तिका कारण देशव्यापी रूपमा बाढीपहिरो र डुवानलबाट ज्यान गुमाउनु भएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी मृतकका परिवार र आफन्तजनप्रति हार्दिक समवेदनाक साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । महासचिव विप्लवले र प्रेस विज्ञप्ति जारी गर्दै यस विपतको घडिमा पार्टीका सम्पूर्ण सङ्गठन, नेतृत्व–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न विशेष निर्देशन दिएका छन् । साथै महासचिव विप्लवले आपतमा परेकाहरूको लागि यथासक्य साथ र सहयोगका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक आग्रहसमेत गरेका छन् ।

महासचिव विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘हालै अत्याधिक बर्षाका कारण देशव्यापी रूपमा बाढीपहिरो र डुवानले निकै जनधनको क्षति भइरहेकोछ । मौसम पूर्वानुमान सम्बन्धी विभिन्न निकाय र विज्ञहरूले अग्रिम जानकारी गराएको अवस्थामा समेत सरकारको तर्फबाट समयमै आवश्यक पहल र पुर्व तयारीमा भएको चरम बेवास्ता र लापरवाहीका कारण पनि यो स्थिति भोग्नुपरेको हो । अझैँ पनि राज्य र सम्बन्धित निकाय यस विषयमा तत्काल गम्भीर भई तदारूकता पूर्वक नलाग्ने हो भने थप भयावह स्थिति बेहोर्नु पर्ने हुनसक्छ ।’

विप्लवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टी सम्भावित सङ्कटलाई मध्यनजर गरी पुर्व तयारीमा लाग्न, उद्धार र राहत कार्यमा राज्यका सबै निकायलाई व्यवस्थित परिचालन गर्न, मृतकका परिवार तथा क्षतिग्रस्त परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको तत्काल र निशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग विशेष माग गर्दछौँ । हाम्रो पार्टी यस प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण जनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरूका परिवार, आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ । साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

महासचिव विप्लवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यस विपतको घडिमा पार्टीका सम्पूर्ण सङ्गठन, नेतृत्व–कार्यकर्ता सबैलाई उद्धार तथा राहत कार्यमा अभियानकै रूपमा लागि पर्न विशेष निर्देशन गरिन्छ । साथै आपतमा परेकाहरूको लागि यथासक्य साथ र सहयोगका लागि सम्पूर्ण जनसमुदायमा हार्दिक आग्रह गर्दछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here