यार्सागुम्बा संकलनमा हिँडेका ८० जना सम्पर्कविहीन

211

काठमाडौं । मनाङमा यार्सागुम्बा संकलनका लागि हिँडेका ८० जना सम्पर्कविहीन भएका छन्।

फू गाउँबाट हिडेर दुई दिनमा पुगिने तिब्बतको सीमाना रहेको लेकमा यार्सागुम्बा टिप्न हिडेँका ८० जना सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।

जेठ १५ गते उक्त लेकमा गएका उनीहरु पछिल्लो तिन चार दिन यता सम्पर्कविहीन भएका हुन्। उनीहरु सम्पर्कविहीन भएको खवर हिजो मात्रै प्राप्त भएको र  आजदेखि खोजी कार्य सुरु गर्ने मनाङ प्रहरीले तयारी गरेको छ।

केहि दिनदेखि निरन्तर भारी वर्षा पछि बाढी आएका कारण उनीहरु सुरक्षित स्थान तर्फ जाने क्रममा सम्पर्कविहीन भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

प्रहरीका अनुसार फू गाउँको लेकमा हिमपात भएको र यार्चागुम्बा खोज्ने ठाउँमा पनि बाढी आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here