राेमान्चित खेलमा बेल्जियमले डेनमार्कलाई हरायाे

240

काठमाडौं । युरो कप २०२० अन्तर्गत गए राति भएको समूह ‘बी’को एक मात्र खेलमा बलियो टोली बेल्जियमले डेनमार्कलाई २-१ गोलले पराजित गरेको छ।

डेनमार्कको राजधानी कोपनहेगनमा भएको खेलमा घरेलु टोलीले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो। शुरुवाती मिनेटबाट नै निकै आक्रामक फुटबल खेलको डेनमार्कको टोलीले खेलको दोस्रो मिनेटमा स्ट्राइकर युसुफ पोल्सेनको गोल मार्फत अग्रता लिएको थियो।

खेलको १०औं मिनेटमा दुवै टोली लगायत रेफ्रीले खेल रोकेर ताली पिटे। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सनको सम्मानमा दुवै टोलीले ताली पिटेका हुन्। डेनमार्कमा जर्सी नम्बर १० लगाएर खेल्ने खेलाडी एरिक्सन पहिलो खेलमा हृदयघातका कारण अचेत अवस्थामा पुगेका थिए।

पहिलो हाफ १-० गोलले आफ्नो पक्षमा पारेको डेनमार्कको टोलीले दोस्रो हाफमा दुई खोल खान पुग्यो। दोस्रो हाफको शुरुवातमा नै प्रतिस्थापन भएर आएका डेनमार्क तथा म्यानचेष्टर सिटीका स्टार खेलाडी केभिन डे ब्राइनले उत्कृष्ट प्रदर्शनी देखाए।

डे ब्राइनले खेलको ५५औं मिनेटमा थोर्गन् हजार्डको गोलको लागि असिस्ट गरे। त्यसपछि खेलको ७०औं मिनेटमा बेल्जियमले अग्रता दोब्बर बनायो। यसपाली एडेन हजार्डको पासमा डे ब्राइन आफैंले गोल गरे।

निकै नै मेहनती खेल खेले पनि डेनमार्कले अर्को गोल थप्न सकेन र खेलमा २१ गोलको पराजय भोग्यो। उता दुई खेलमा दुई जित निकालेको बेल्जियम युरो कपको नक आउट चरणमा प्रवेश गरेको छ। बेल्जियम समूह बीको शीर्ष स्थानमा रहँदा डेनमार्क पुछारमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here