इँटा भट्टाको खाल्डोमा बालकको शव

125

काठमाडौं । भक्तपुरको इँटा भट्टाको खाल्डोमा बालकको शव भेटिएको छ। चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका १० वर्षका छोरा रोजनको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। शुक्रबार विहान ११ बजेतिर हराएका रोजनको शव शनिबार घर नजिकैको इँट भट्टाको कम्पाउन्डमा रहेको खाल्डोमा जमेको पोखरीमा फेला परेको प्रहरीले जनाएको छ। साे स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सूर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ। शवलाई पोष्टमार्टमका लागी केएमसी अस्पताल दुवाकोट भक्तपुर पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here