काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं झलनाथ खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनाललाई लगातार आइरहेको ज्वरो घटेको अस्पताले खुलासा गरेकाे छ । चिकित्सकको उच्च निगरानीमा खनालको उपचार भैरहेको उनको सचिवालयले जनाएको छ ।


















