घुस लिइसकेको अवस्थामा वन अधिकृत ४० हजार पक्राउ

249

काठमाडाैं । धादिङबाट सहायक वन अधिकृत ४० हजार घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निलकण्ठ सब-डिभिजन वन कार्यालय, धादिङका सहायक वन अधिकृत तथा कार्यालय प्रमुख कृष्णप्रसाद पौडेललाई घुससहित पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनले सेवाग्राहीसँग ४० हजार घुस रकम लिएका थिए।

सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भन्दै कागजात तयार गरी वन कार्यालयमा लगेपछि मुद्दा मिलाउने हो भन्दै पौडेलले ४० हजार रूपैयाँ घुस माग गरेका थिए। सो उजुरीपछि अख्तियारको काठमाडौंस्थित टंगालबाट खटिएको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here