आज देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा

81

 काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव तथा देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै राती पनि लुम्बिनी प्रदेशका केही र प्रदेश १, गण्डकी प्रदेश, बागमती प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षा र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारीवर्षा को सम्भावना छ ।

आज कुन–कुन नदीको बहाव बढ्ने सम्भावना छ त ?

May be an image of text

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here