-हुकुमबहादुर सिंह
काल्पनिक समाजवाद पूर्व माक्र्सवादी समाजवादको एउटा प्रमुख धारा हो । यो धारा १९सौ शताब्दीको पहिलो आधामा उत्पति र विशिष्ट भएको हो । काल्पनिकहरू भन्ने शब्द (कल्पनाको विचारबाट ल्याइएको थियो जसको अर्थ चीजहरूको अवस्थाको अनुमान थियो, जहा“ प्रत्येक चीज पूर्ण हुन्छ) र ‘समाजवाद’ पहिलो पटक सन १८३०को दशकमा लोकपृय बन्यो ।
काल्पनिक समाजवादीहरु भन्ने शब्द विचारकहरूको एउटा समूहवारे वर्णन गर्न प्रयोग गरिएको हो, जसले मानव स्वभावमा पाइने व्यक्तिवाद, स्वार्थीपन र प्रतिष्पर्धात्मकलाई हटाएर एउटा बढता समानतावादी आधारमा समाज रूपान्तरण गर्ने सिद्धान्त विकास गरेका थिए । ती चिन्तकहरू धेरै अथवा तिनीहरूका अनुयायीहरूले आदर्श समुदायहरू जहा“ सबै सदस्यहरूले सहकारीको आधारमा काम गर्दथे, वस्दथे र उनीहरूको कामको फलहरू आपसमा बा“डफा“ड गर्दथे । तिनीहरूले यो विश्वास गर्दथे कि यस्ता आदर्श समुदायहरूले काम र व्यवहारव्दारा उदाहरण प्रस्तुत गर्ने छन् ताकि समाजमा बा“कीले अनि त्यसलाई अनुसरण गर्ने छन् । तिनीहरूले यसरी समाजवादको आफ्नो योजना निर्माण गर्नका लागि समाजमा वास्तविक प्रक्रियाहरूमाथि भर परेनन् । यसको अलवा तिनीहरूले सोंचेकी तिनीहरूका योजनाहरू र विचारहरूको वैज्ञानिक व्याख्या आफैमा जनतालाई बुझाउन र समाज परिवर्तन गर्न प्रयाप्त थियो ।
काल्पनिक समाजवाद पु“जीवाद अन्तरगत मजदुर वर्गको उत्पीडन र शोषणको पहिलो सर्वोत्तम प्रतिक्रिया थियो । गरिखाने जनताले सामन्तवादलाई फयाक्नका लागि ज्यादै कठिन लडाई लडेका थिए । तै पनि पु“जीपतिहरूको स्वतन्त्रता, समानता र भाईचाराका नाराहरूको अर्थ स्वतन्त्रता केबल पु“जीपति वर्गका लागि थियो र गरिखानेहरूमाथिको शोषणलाई अझ घनिभूत गराउनु थियो । विभिन्न समाजवादी मान्यताहरू पु“जीपतिहरू र मजदुरहरूबीच उत्पन्न भईरहेको अन्तरविरोधहरूको परिणाम शोषण विरूद्धको एउटा विद्रोहका रूपमा उत्पन्न भएका थिए । तिनीहरूले यस्तो प्रणाली निर्माणका लागि प्रयास गरे जसले शोषितहरूलाई न्याय दिलाउन सक्दथ्यो ।
यस्तो नया“ समाजवादी सिद्धान्तहरूका लागि पु“जीवादी उत्पादनको अराजकता अर्को एउटा कारण थियो । काल्पनिक समाजवादीहरूले वुद्धिसंगत प्रणाली निर्माण गर्ने प्रयास गरे जसले सद्व्यवहार र सौहाद्रपूर्ण तरिकाले मानवजातीका आवश्यकताहरूलाई पुरा गर्न सक्दथे । तिनीहरूमध्ये केहीले त पु“जीपतिहरू र सरकारी अधिकारीहरूलाई सम्झाउन कोशिस पनि गरे कि उनीहरूको समाजवादी प्रणालीहरू जहा“ ज्यादा बुद्धिसंगत, योजनावद्ध र त्यसकारणले भइरहेका पु“जीवादी प्रणालीभन्दा अनुकुल थियो । तिनीहरूले उनीहरूको परियोजनाहरूलाई धनीहरूबाट पैसा लिन यसरी पनि कोशिस गरे ।
पूर्व माक्र्सवादी समाजवादी, जसलाई काल्पनिक समाजवादी भनिन्छ, उनीहरुको मान्यताहरूको प्रमुख खरावी यो थियो कि तिनीहरूस“ग समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित थिएन् । यद्धपि तिनीहरूका विचारहरू समाजभित्रका वर्गसङघर्षहरूका आफैमा उत्पादन थिए । काल्पनिक समाजवादीहरूले त्यसलाई महशुस गरेनन् कि समाजवाद प्राप्त गर्नका लागि वर्गसङघर्ष पूर्णत आवश्यक थियो । ता पनि उनीहरूका विचारहरू सही मानेमा वालक सर्वहाराको उत्कट चाहनाहरूको एउटा परावर्तन थियो, काल्पनिक समाजवादीहरूले समाजवाद ल्याउनमा सर्वहाराको क्रान्तिकारी भूमिकाको केन्द्रीय महत्व स्विकार गरेनन् ।
जव माक्र्स र ऐङ्गेल्स समाजवादी कम्युनिष्ट समूहहरूस“ग सम्पर्कमा आए, तिनीहरूले काल्पनिक समाजवादका अनुयायीहरूलाई उनीहरूका विचारहरूको असान्दर्भीकताका वारेमा सम्झाउने कोशिस सुरू गरे । तिनीहरूले विभिन्न क्रान्तिकारी र मजदुर वर्ग समूहहरूमा चल्ने बहस, छलफलमा निरन्तर गहन रूपले भाग लिए जहा“ ती सिद्धान्तहरू र विचारहरू बहस छलफल गरिने गरिन्थ्यो । तिनीहरूको प्रमुख लक्ष्य समाजवादी सिद्धान्तलाई वैज्ञानिक आधार दिनु थियो । यसका लागि उनीहरूले पहिलेका समाजवादीहरूका खरावीहरू र गलत सोंचाइहरूलाई भण्डाफोर गर्नु खुलस्त पार्नु थियो र समाजवादलाई वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु थियो ।
किनभने माक्र्सले आफैले वर्गसङ्घर्षको सिद्धान्त उनीद्धारा कुनै नया“ चीज पत्ता लगाइएको थिएन् भनेर बताइसकेका थिए । वास्तवमा पहिलेका समाजवादीहरू र पु“जीवादी लेखकहरू समेत यसवारे धेरै सचेत थिए र वर्गसङ्घर्ष र वर्गहरूवारे उनीहरूले निकै लेखेका थिए । ता पनि वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले) समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।
माक्र्सले देखाएकी प्रथम वर्गहरू यस्ता चीज होइनन् जो मानव समाजमा सधैभरी अस्तित्वमा छन् । उनले देखाएकी मानव इतिहासमा एउटा लामो अवधि थियो जब त्यहा“ कुनै पनि वर्गहरू थिएनन् (आदिम साम्यवादको अवधिमा) भविश्यमा पनि एउटा अवधि हुनेछ जब त्यहा“ फेरी वर्गहरू हुने छैनन् । दोस्रो माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पु“जीपतिबीचको सङघर्षको विश्लेषण गरे र देखाए कसरी यो वर्गसङ्घर्षले मजदुरद्धारा क्रान्तितर्फ अनिवार्यरूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । तेस्रो, माक्र्सले देखाएकि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि थियो । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सवै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्ग विहिन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।
वर्गसङघर्षको यो सिद्धान्त हो जसलाई माक्र्स र ऐगेल्सले विकास गरे, प्रचारप्रसार गरे र आफ्नो जीवनभर व्यवहारमा लागु गरे । वर्गसङघर्षको यो नै माक्र्सवादी सिद्धान्त हो जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पु“जीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी भयो । वैज्ञानिक समाजवादको कारणले समाजवादीहरूको कर्तब्य काल्पनिक समाजवादीहरूले जे गर्न कोशिस गरेका थिए त्यस्तै समाजको एक दमै पूर्ण, हार्मेनियस र तर्कसंगत प्रणालीको विकास गर्नका लागि कोशिस सिवाय केही थिएन् । वैज्ञानीक समाजवाद अन्तरगत समाजको विश्लेषण गर्नु, इतिहासको र समाजका वर्ग अन्तर विरोधहरूको विश्लेषण गर्नु थियो र यो आर्थिक आधारबाट सबै वर्गीय विवादको अन्त्य गर्ने मार्ग पत्ता लगाउनु थियो र समाजवाद र साम्यवाद ल्याउनु थियो ।
माक्र्सवादी समाजवादी सिद्धान्तको वैज्ञानिक स्पष्टता यति महान् थियो कि सन १८४०को दशकका विभिन्न समाजवादी र कम्युनिष्ट संगठनहमा बहुसंख्यक इमान्दार तत्वहरूले तुरून्तै पूर्व माक्र्सवादी समाजवादको वर्गहिन विभिन्नताहरूलाई इन्कार ग¥यो । माक्र्स र ऐङ्गेल्स छिट्टै समाजवादी आन्दोलनभित्रका वैज्ञानिक नेताहरू बने । जव सन १८४७मा विभिन्न देशहरूका मजदुरहरू, बुद्धिजीवीहरू र क्रान्तिकारी समाजवादी समूहहरूलाई एकत्रित गर्दै एउटा नया“ अन्तराष्ट्रिय संगठनको गठनमार्फत उनीहरू तुरून्तै यसका नेताहरू भए । तिनीहरूले यसको नाम ‘द कम्युनिष्ट लिग’भनेर सुझाव गरे र उनीहरूले नै यसको कार्यक्रम ड्राफ्ट गर्नका लागि उनीहरूलाई नै नियुक्त ग¥यो । यो कार्यक्रम विश्व ऐतिहासिक कम्युनिष्ट घोषणापत्र हो । ।
कम्युनिष्ट घोषणापत्र अन्तराष्ट्रिय सर्वहाराको पहिलो कायक्रम र सामान्य लाइनमात्रै थिएन् , यसले वैज्ञानिक समाजवादको आधारभूत सिद्धान्तहरू र समाजवादका सबै अन्य प्रकारका पद्धति स्थापित ग¥यो । यसको विभिन्न भाषाहरूमा छिटो अनुवादसंगै घोषणापत्रले तुरून्तै युरोपभर र अनि विश्वभर माक्र्सवादी वैज्ञानिक समाजवादका आधारभूत विचारहरूलाई फैलायो । यो दस्तावेजमा उल्लेख गरिएका सिद्धान्तहरू करीव १७५ वर्षभन्दा बढी आजका दिनसम्मका लागि सान्दर्भिक रहेका छन् ।
वैज्ञानिक समाजवादको स्थापनाका सन्दर्भमा माक्र्सले निकालेका केही महत्वपूर्ण निचोडहरु वर्तमान अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनका लागि पनि महत्वप‘र्ण र सान्दर्भिक छन् ः र्
१. वैज्ञानिक समाजवादको स्थापनाका लागि समाजमा बाहिर नआएका वर्ग अन्तरविरोधहरू र वर्ग सङ्घर्षहरूमा वास्तविक रूपले आधारित हुनु आवश्यक छ ।
२. वैज्ञानिक समाजवादलाई वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको ठोस आधारमा स्थापित गर्नु पर्छ । वर्गसङ्घर्षको माक्र्सवादी सिद्धान्तको अत्यावश्यक फरक यो हो कि यसले (वर्गसङघर्षले) क्रान्तिलाई समाजवाद र साम्यवादतर्फ अनिवार्यत लैजान्छ ।
३. माक्र्सले खासगरी वर्तमानको सर्वहारा र पु“जीपतिबीचको सङघर्षको विश्लेषण गरे र देखाए कि कसरी यो वर्गसङ्घर्षले मजदुरद्धारा क्रान्तितर्फ अनिवार्यरूपले लैजाने छ र सर्वहारा वर्गको अधिनायकत्व, त्यो भनेको समाजवादको स्थापना गर्ने छ । यसरी वैज्ञानिक समाजवाद स्थापनासँग सर्वहारा वर्गको अधिनायकत्व अलग्याउन मिल्दैन, सकिदैन ।
४. माक्र्सले देखाएकि यो सर्वहारा वर्गको अधिनायकत्व आफैमा संक्रमणको एउटा अवधि होे । सर्वहाराले एउटा वर्गका रूपमा आफैलाई र सवै वर्गहरूलाई ध्वस्त पारेर एउटा वर्ग विहिन समाज जसलाई साम्यवाद भनिन्छ, को स्थापना गर्दै विकास गर्न सक्ने छ ।
५. वर्गसङघर्षको यो नै माक्र्सवादी सिद्धान्त हो जसले समाजवादलाई विज्ञानमा बदलि दियो, जसले वैज्ञानिक समाजवादको आधार बसाल्यो । यसले गर्दा समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन् बरू यो सर्वहारा र पु“जीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी भयो ।
माथि उल्लेखित बैज्ञानिक समाजवादको स्थापनाका केही आधाभूत मान्यताहरुका आधारमा माक्र्सले भनेझै समाजवाद लामो समयसम्म केही चलाख दिमागको उपजको रूपमा हेरिएन बरू यो सर्वहारा र पु“जीपति –यी दुई ऐतिहासिक रूपले विकसित वर्गहरूबीच सङघर्षको अत्यावश्यक उपलब्धी बन्यो ।
तर अहिले केही वर्षदेखि बैज्ञानिक समाजवादको स्थापनालाई केही चलाख दिमागको उपज बनाउने प्रयासको रूपमा वर्तमानमा नेपाली कम्युनिस्ट आन्दोलनभित्र “जनमत संग्रहमार्फत वैज्ञानिक समाजवाद”को स्थापना गर्ने काल्पनिक कोशिस गरिदै छ ? यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई ’वाम‘ दिशाबाट भ्रम सृजना गर्दै पुनः दक्षिणपन्थी भाषमा उठनै नसक्ने गरी विसर्जन गर्ने त होइन ?
त्यसैले यसले ल्याउने गम्भीर क्षेतीबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई बचाउन समयमा नै बैज्ञानिक समाजवादको स्थापनाको कार्यदिशावारे माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्त, विचार र कार्यदिशको आलोकमा गम्भीर बहसको आवश्यकता देखिएको छ । -जनधारणा साप्ताहिकबाट

















