अवैध लागूऔषध सहित पक्राउ

71

काठमाडौं । कास्कीकाे पोखरा महानगरपालिका-१० बुद्धचोकबाट ८ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गोरखा आरुघाट गाउँपालिका-३ घर भएका २९ वर्षीय लेख बहादुर गुरुङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गुरुङको गोरखा मनकामना नर्सरीमा लागूऔषधको किनबेच गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी
उनलाई पक्राउ गरेको हो ।

ईलामकाे रोङ गाउँपालिका-४ जोरकलसबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित झापा कमल गाउँपालिका-३ बस्ने २१ वर्षीय प्रबिन थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मे.१० प ५५८७ नम्बरको स्कुटरलाई प्रहरी चौकी किटेनीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटर चालक प्रबिनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here