काठमाडाैं । पछिल्लो २४ घण्टामा थप एक हजार ५७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे । यस्तै, चारहजार ९९७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८९७ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
याेसँगै आठ हजार ९१८ जनाको मृत्यु भैसकेको छ । दुई हजार १८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरु ४९ हजा।र ५५५ जना रहेका छन् ।

















