आज सुनचाँदीको मूल्य स्थिर

74

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  त्यस्तै, हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँ कामय भएको तेजाबी सुनको मुल्य आज पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

यसैगरी, चाँदीको मुल्य पनि आज स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here