शेयर बजारमा आज सामान्य अंकको गिरावट

71

काठमाडौं । शेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ । मंगलबार ४७ अंकले घटेको नेप्से आज ४।१३ अंकले घटेर २९ सय २३ दशमलव ८८ बिन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १।३२ अंकले घटेर ५ सय २२ दशमलव ३७ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २२० वटा कम्पनीको कारोबार हुँदा ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीको शेयर करोबार भएको छ । कमपनीको प्रतिकित्ता शेयरमुल्य ३८ रुपैयाँले बढेर ३० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here