देशभर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा

77

काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, बाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा गए रातिदेखि नै निरन्तर हल्का वर्षा भइरहेको छ । उपत्यकाको आकाश पूर्ण बदली भएकाे छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । राति पनि यही मौसमी प्रणाली जारी रहनेछ ।

भोलि शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी/थोरै भारी वर्षाको सम्भावना छ ।

असार १९ गते शनिबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षाको सम्भावना छ । आज काठमाडौँको अधिकतम २८ र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here