बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली सेमिफाइनलमा

80

काठमाडाैं । इटाली संघर्षपूर्ण जित निकाल्दै युराेकप २०२०  फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मनीको एलिनाज स्टेडियममा शुक्रबार राति भएकाे खेलमा बेल्जियमलाई २–१ गाेल अन्तरले पराजित गर्दै इटाली अन्तिम ४ मा पुगेकाे हाे।

खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै गएपछि तीनै गाेल पहिलाे हाफमा भएकाे थियाे। ३१औं मिनेटमा निको बरेल्लाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

उनले पेनाल्टी क्षेत्रभित्र मार्को भेराट्टीले दिएको पासलाई नियन्त्रणमा राखेर डिफेन्सलाई बिट गरेपको प्रहार गोल भएको थियो। ४४औं मिनेटमा लोरेन्जो इन्सिग्नेले इटालीको अग्रता दोब्बर परे। मैदानको बायाँ भागबाट बल लिँदै अघि बढेका इन्सिग्नेको प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाउन सकेनन्।

इन्ज्युरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ काे स्थितिमा ल्याए।  इटालीका डी लोरेन्जोले डोकुलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीमा लुकाकुले गोलरक्षक जियानलुइजी डोनारुम्माले ठम्याउन सकेनन्।

इटालीले सेमिफाइनलमा अब स्पेनको सामना गर्नेछ। स्पेनले पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा समेटिएको स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here