प्रतिष्ठानमा भ्रष्टाचारभएको भन्दै विद्यार्थी आन्दोलनमा

392

काठमाडाैं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनबारे ऐक्यवद्धता जनाउँदै आज पनि काठमाडौंमा प्रदर्शन गरिएको छ।

प्रतिष्ठानमा भ्रष्टाचार र अनियमितता भएको भन्दै चिकित्सक, कर्मचारी र विद्यार्थीले आन्दोलन गरिरहेका छन्। २० दिनदेखि आन्दोलन जारी छ।

उनीहरूले बिपीका शीर्ष चार जना पदाधिकारीको राजीनामा मागेका छन्। उनीहरूको मागको समर्थनमा आज माइतीघर मण्डलमा नागरिक अगुवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

उनीहरूले प्रतिष्ठानमा हुने गरेको राजनीतिक नियुक्तिमाथि पनि प्रश्न उठाएका छन्। ‘फुटबलमा झेली गरे रेड कार्ड, राजनीतिमा नियुक्ति!’ लगायत लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here