साताकाे पहिलाे दिन सुनचाँदीको भाउ बढ्यो

78

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको भाउ सामान्य बढेको छ।

यस दिन छापावाल सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो। यो दिन फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँमा र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँ पुगेको छ। गत शुक्रबार स्थिर रहेको चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here