ओलम्पिक २०२० मा सहभागी जनाउन एलेक्स शाह आज जापानतर्फ प्रस्थान गर्दै

113

काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्ने मध्येका एक खेलाडी पौडीका एलेक्जेन्डर (एलेक्स) शाह आज सोमवार जापानतर्फ प्रस्थान गर्दै छन्।

एलेक्स र उनका मुख्य प्रशिक्षक शंकर कार्की दुवै जना जापान प्रस्थान गर्न लागेका हुन्। नेपाल ओलम्पिक समितिले एलेक्स र कार्की दुवै जनालाई आइतवार विदाई गरिसकेको छ।    एलेक्सले जापानको टोकुशिमामा आफ्नो तयारी गर्ने नेपाल ओलम्पिक समितिले जानकारी दिएको छ।

टोकुशिमा प्रान्त र पौडी टोलीबिच ट्रेनिङ बारे सम्झौता भइसकेको जानकारी पनि नेपाल ओलम्पिक समितिले दिएको छ।  त्यस्तै पौडीकी अर्को खेलाडी गौरीका सिंह भने बेलायतबाट जापान जाने बताइएको छ।

१३औं साग प्रतियोगितामा ४ स्वर्ण पदक विजेता सिंह बेलायतबाट सोझै टोकुशिमा जान लागेकी हुन्।  टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ। नेपाली पौडी टोली जुलाई २० मा ओलम्पिक भिलेजमा सम्मिलित हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here