एजेन्सी । भारतमा पछिल्लो एक दिनमा ३४, ७०३ कोरोना संक्रमित भेटिएका छन् । यो पछिल्लो १११ दिनमा संक्रमितको संख्या सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा करिब ५२ हजार संक्रमित निको भएका छन् ।
देशभरी हाल कूल सक्रिय संक्रमितको संख्या ४,६४,३५७ रहेको छ । भारतमा निको हुनेको दर पनि बढेर ९७.१७ पुगेको छ । भारतमा हालसम्म कूल ३५.७५ करोड भ्याक्सिनको डोज मानिसहरुलाई प्रदान गरिसकिएको छ ।


















