सुपरम्यान निर्देशक रिचर्ड डोनर ९१ वर्षको उमेरमा निधन

131

काठमाडाैं । सुपरम्यान र द गूनिज सहितका चलचित्रको निर्देशन गरेका हलिवूड निर्देशक रिचर्ड डोनरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

डोनरको सोमाबार निधन भएको चलचित्र निर्माता समेत रहेकी उनकी श्रीमती लरेन शुलर डोनरले डेडलाइनलाई जानकारी दिएकी हुन् । डोनरले द ओमेन, फ्री विली, द लस्ट बोइजसहितका चलचित्र पनि बनाएका हुन् ।

न्यूर्योकको ब्रोङ्क्समा जन्मिएका डोनरले सन् १९६० को दशकको सुरुमा काम सुरु गरेका थिए । उनले एन्थोलोथी जनराका चलचित्र पनि बनाएका छन् । डोनरले सफलता भने सन् १९७० को दशकमा पाए ।

सन् १९७८ को चलचित्र सुपरम्यानलाई पहिलो आधुनिक सुपरहिरो चलचित्रका रुपमा लिइन्छ । उनले सन् १९८५ मा द गूनिजको निर्माण तथा निर्देशन गरेका हुन् । डोनरप्रति विभिन्न क्षेत्रबाट श्रद्धाञ्जली अर्पण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here