नेपालकाे पासपोर्ट संसारकै सबैभन्दा कमजाेर सूचीमा

309

काठमाडाैं ।  संसारकाे सबभन्दा बलिया र सबभन्दा कमजोर पासपोर्टको सूची जारी भएको छ ।

हेनली पासपोर्ट इन्डेक्सले सन् २००६ देखि निरन्तर पासपोर्टको दर्जा सहितको सूची प्रकाशित गर्दै आएको छ ।

जापान बलियो पासपोर्ट भएका मुलुकको पहिलो स्थानमा छ भने अफगानिस्तान ११६ औं दर्जाका साथ सबभन्दा तल्लो स्थानमा छ ।  नेपाल १०९औं दर्जामा  रहेकाे छ ।

भिसा नलगाइकनै वा भिसा अन अराइभलमार्फत अर्को मुलुकमा जान पाउने पासपोर्टलाई बलियो मानिन्छ । जापानको पासपोर्टले संसारभरिका १९३ गन्तव्यमा यस्तो सुविधा पाउने गरेको छ ।  दोस्रो स्थानमा सिंगापुर छ भने तेस्रोमा जर्मनी र दक्षिण कोरिया छन् ।

नेपाली पासपोर्टले संसारका ३८ गन्तव्यमा मात्र भिसा विना वा भिसा अन अराइभलका साथ प्रवेश पाउने गरेका छ । उत्तर कोरिया नेपालभन्दा एक स्थान माथि छ भने नेपालमुनि प्यालेस्टाइनियन टेरिटोरीज, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here