क्रिकेटर सन्दीप आज इंग्ल्यान्ड जादै

54

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले आज (बिहीबार) राति इंग्ल्यान्ड जाने भएका छन् ।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप दी हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि इंग्ल्यान्ड जान लागेका हुन् । सन्दीपले भिसाका कारण यसअघि इंग्ल्यान्डको भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाएका थिए । उक्त प्रतियोगिताका लागि सन्दीप वोर्सेस्टरशायर र्‍यापिड्समा अनुबन्धित भएका थिए ।

सन्दीप आज राति इंग्ल्यान्ड प्रस्थान गर्ने उनका म्यानेजर रमण शिवाकोटीले जानकारी दिए । इंग्ल्यान्ड पुगेपछि उनी १० दिनको क्वारेन्टिनमा बस्नेछन् ।

सन्दीपले ओभल इन्भिन्सिबलबाट पहिलो संस्करणको दी हन्ड्रेड क्रिकेट खेल्नेछन् । दी हन्डे«ड क्रिकेट यही जुलाई २१ तारिखबाट सुरु हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here