नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडि : प्रम

137

प्कारनमठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले नेपाल संसारको अनुपम देश भए पनि विभिन्न कारणले पछाडि परेको बताउनु भएको छ । विभिन्न विधाका सर्जकलाई दिइने प्रतिभा पुरस्कार प्रदान गर्न शुक्रबार बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो ।
उहाँले अगाडि भन्नुभयो ‘पछाडि पर्न हुदैनथ्यो परेछौं, पर्न मान्न हुँदैनथ्यो, मानेछौं । गरिब हुन मानेछौं, अनपढ हुन मानेछौं, । साथै उहाँले आआफ्ना सिर्जनाहरुले सामाजिक उत्थानका लागि योगदान गरुन् भन्नेमा ध्यान दिन सर्जक हरुलाई आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो ‘हामीले रचना गर्दा हाम्रो कृति पढनेको समय बर्बाद नहोस् । यस्तै कृति पढन पाए पो भन्ने होस् । समय खेर गएको भन्ने नहोस् ।
कलाका जुनसकै विधाले पनि नेपालीहरुको एकता मानवता र शान्तिको भावना प्रतिविम्बित गर्नुपनि उहाँले बताउनु भयो । उहाँले नेपाली सृजनामा एउटा ठूलो पुनर्जागरण (रेनासाँ) आवश्यक रहेको कुरामा जोड दिँदै भन्नुभयो ‘हाम्रा पुर्खा
विश्वमै विशिष्ट सर्जक हुन्, बीचमा हामी दैनिक जीवनयापन मै अलमलिएछौं, पुस्तौं गएछ’ । विश्वमा कसैका पूर्वज भन्दा नेपालका पुर्वज ज्ञान र कलामा अग्रणी भएको भनाई उहाँको थियो
‘गत वर्ष यसै ठाउँबाट भनेको थिएँ । राम जन्मभूमि नेपालमै हो’, उहाँले थप्नुभयो । शास्त्र, भूगोलका वर्णन र प्राकृतिक प्रमाण यसै भन्ने बताउँदै उहाँेले भन्नुभयो, राम र लक्ष्मणलाई शिक्षा दिन ऋषि विश्वामित्र कोशीबाट पश्चिमतर्फ लागेका थिए, यस्ता अनेकौं प्रमाण छन्, उहाँको भनाई थियो ।
साथै महाभारतको लडाँई कुरु क्षेत्रमा भए पनि ग्रन्थको रचना नेपालमै भएको र जनकको दरबारमा हुने शास्त्रार्थ र सांँख्य दर्शनसम्मको इतिहासले नेपाल आदि ज्ञान भूमि भएको पुष्टी गर्ने भनाई उहाँको थियो ।
वेद पुराण आदिको रचना छन्दमा गरिएबाट यस भूमिमा छन्दमय जीवन रहेको पृष्टि हुने समेत उहाँले बताउनुभयो । दोहोरी गीतको रुपमा अहिले पनि छन्द निमार्णको प्रतिभा नेपालीले बोकीरहेको विचार उहाँको थियो । पुर्खाका यिनै जगका आधारमा तला थप्दै लैजान सक्ने बताउँदै उहाँले पछिल्लो समयमा विगतलाई होच्याउने, इतिहास केही होइन जस्तो गर्ने प्रवृत्ति बढेको पनि प्रधानमन्त्रीले बताउनुभयो । यद्यपी विगतका शासकको सोचाईका कारण कतिपय
कुप्रथा समेत चल्दै आएको समेत बताउनुभयो तर त्यसैलाई विगतको समग्र ठान्नु नहुने समेत उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले युगकवि सिद्धिचरण श्रेष्ठका नाममा समेत साहित्य पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाउन र दुई वर्ष अघि आफूले स्थापना गरेको प्रधानमन्त्री प्रतिभा पुरस्कार वितरण गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । श्रष्ठाहरुलाई अन्य कुनै आधारमा नभई उनीहरुको योगदान पहिचान गरेर योग्य पात्रलाई सम्मानित गरिएको पनि प्रधानमन्त्रीले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले चार विधागत क्षेत्रका स्रष्टाहरुलाई जनही एक लाख रुपियाँको राष्ट्रिय प्रतिभा पुरस्कार र सातवटै प्रदेशबाट चारवटै विधागत क्षेत्रका स्रष्टाहरुलाई पचास हजार नगदको प्रादेशिक प्रतिभा पुरस्कार र सम्मानपत्रबाट सम्मानित सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा यसवर्षको राष्ट्रिय प्रतिभा पुरस्कार भाषा साहित्यतर्फ गोपिकृष्ण गौतम, संगीत तथा नाटयतर्फ मदन कृष्ण श्रेष्ठ, डा. संस्कृतितर्फ कैलाश प्याकुरेल, ललितकलातर्फ हरिप्रसाद शर्मालाई प्रदान गरियो । यसै गरी महाकवि देवकोटा पुरस्कार पाँच जनालाई, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तीन जनालाई र गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार दुई जना सर्जकहरुलाई प्रदान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here