यसकारण मुख गन्हाउँछ

142

कसैमा मुख गन्हाउने समस्या छ भने उसले सबैभन्दा बढि भोगेको समस्या हो, सामाजिक रुपमा असामान्य अवस्था भोग्नु । कसैले मुख गन्हायो भनेर उपेक्षा गर्लान् केहिले नजिक पर्दा ठाउँ छाडेर पर सर्लान् । यो समस्याले सामाजिक जीवन जोखिममा पुर्याउँछ ।

कसैमा मुख गन्हाउने समस्या छ भने मुखको दुर्गन्ध हटाउन चिकित्सकीय परामर्श लिन ढिला गर्नु हुदैँन । सासको दुर्गन्ध मुखको सरसफाइमा कमीदेखि लिएर कुनै ठूलो रोगको लक्षण समेत हुन सक्छ । त्यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन ।

मुख वा सासको दुर्गन्धलाई चिकित्सकीय भाषामा ‘हयालिटोसिस’ भनिन्छ । यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ । यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्न हुन्छ । जसको कारण दाँतको उचित सरसफाइ नहुनु नै हो ।

अमेरिकन डेन्टल हाइजिनिस्ट एसोसिएसन (एडीएचए)को तथ्यपत्र अनुसार, करिब ४ करोड अमेरिकीहरू मुखको दुर्गन्ध अर्थात् हयालिटोसिसको शिकार छन् ।

नेपालमा भने मुख गन्हाउने समस्या भएकाहरूको कुनै अध्ययन भएको छैन । तथापी १० दाँतका बि�