एमाले संसदीय दलको बैठक तीन बजे बस्ने तय

133

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक अहिले विहान ११ बजे बस्ने भएको छ। यसअघि असार २९ गते मंगलबार बस्ने भनिएको बैठक बस्न नसकेपछि आजका लागि बैठक सारिएको थियो ।

बैठक बस्न पार्टी केन्द्रीय कार्यालयमा ठूलो हलको अभाव भएपछि ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बस्ने तयारी भईरहेको छ ।

बैठकमा पार्टीको आन्तरिक एकता प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ । पार्टीको आन्तरिक सहमति कायम गर्नेगरी कार्यदलले गरेको १० बुँदे सहमति अझै बैठकबाट अनुमोदन हुन नसकेकाले आजको बैठकमा कार्यदलको सहमतिले प्रवेश पाउने एमालेको अपेक्षा रहेको छ ।

एमालेले आजै अपरान्ह ३ बजेका लागि संसदीय दलको बैठक पनि तय गरेको छ । सो अघि स्थायी कमिटीको बैठक आव्हान गरिएको र बैठकमा वरिष्ठ नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुलाई पनि आमन्त्रित गरिएको स्रोतले जनाएको छ ।

एमाले सरकारबाट बाहिरिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here