संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान

136

काठमाडौं । संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि संसद् सचिवालयले आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ।

संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउनेर सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य अझै बाँकी छ।

प्रत्येक सांसदको दुई सिटको फरकमा भौतिक दूरी कायम गरेर बैठक बस्ने व्यवस्था भने मिलाइ सकिएको संसद् सचिवालयले जानकारी दिएको छ। जसबाट प्रतिनिधि सभामा २९ जना सांसदलाई दर्शक दिर्घामा राखिने भएको छ। ‘कांग्रेस र माओवादी र ओली समूहको एमाले बाहेक अन्य दलको कित्ता स्पष्ट भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here