काठमाडाैं । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट नेपाली सेनाको सांगठनिक पुनर्संरचना २०७७/७८ स्वीकृत भएनुसार साउन १ गतेबाट कार्यान्वयनमा आएको छ ।
जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाद्वारा कमाण्ड हे.क्वा.का कमाण्ड सेनापतिहरुलाई कमाण्ड झण्डा हस्तान्तरण गर्नु भएको छ । यसअघि गत वर्ष फागुण २० गते बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले नेपाली सेनाको ३ जोड १ कमाण्ड संरचनालाई स्वीकृति दिएको थियो ।
बलाधिकृत रथी प्रभुराम शर्मा लगायत जंगी अड्डा स्थित विभिन्न कार्यालयका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सम्बोधन गर्नुहुँदै महारथी थापाले कमाण्ड सेनापतिहरुलाई सफल कार्यकालको शुभकामना समेत दिनु भएको थियो । साथै, सोही कार्यक्रममा महारथी थापाले विशेष स्वरुपमा तयार गरिएको प्रधान सेनापति छडिसमेत ग्रहण गर्नु भएको थियो । नेपाली सेनाको सांगठनिक पुनर्संरचना सम्बन्धि संक्षिप्त जानकारी यसैसाथ संलग्न गरिएको छ ।


















