प्रम देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

347

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

बुधबार विहान प्रधानमन्त्री देउवालाई भेट्न ठाकुर बालुवाटार पुगेका थिए।  ठाकुर निकटस्रोतका अनुसार उनले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा चासो राखेका थिए।

प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए। विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here