उपत्यकामा निषेधाज्ञा दश दिन लम्ब्याइयाे

90

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी   गराए ।

निषेधाज्ञाका प्रावधानमा भने कुनै परिवर्तन नगरिएको समेत उहाँले जानकारी दिनुभयो ।

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here