नेपाली लिग खेल्ने अवसर पाएकोमा शाहिद अफ्रिदी उत्साही

106

काठमाडौं । नेपालकै सर्वाधिक महँगो क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज क्लब काठमाडौं किंङ्स इलेवेनले स्टार खेलाडी शाहिद अफ्रिदीलाई अनुबन्ध गरेको छ। अफ्रिदीले नेपाली लिग खेल्ने अवसर पाएकोमा आफू उत्साही भएको पनि जनाएका छन्।

पाकिस्तानबाटै उनले नेपालमा खेल्न उत्साहित रहेको बताएका छन्। उनले भने, ‘मेरो पहिलो नेपाल भ्रमण हो, निकै उत्साहित छु। मैले नेपाली क्रिकेट धेरै नजिकबाट चिनेको छैन। पिच र खेलको अवस्था हेरेर छक्का हान्छु।’ नेपालका दर्शक र यहाँको हस्पिटालिटीको कुरा सुनेर उत्साहित रहेको उनले जनाएका छन्।  यता क्लबका मालिक रोहित गुप्ताले क्लबको सपना ठूलो भएको र अझै राम्रा खेलाडी अनुबन्ध गर्ने जनाएका छन्।

उनले भने, ‘अहिले कोभिडको समयमा टफ ट्रान्सफर हो। हामीसँग दर्शक नहुन सक्छन्। तर ठूला खेल पनि दर्शकविहीन छन्। त्यसैले हामीले उपलब्ध स्रोतलाई उत्कृष्ट उपयोग गर्छौं।’  उनले आफ्नो उद्देश्य लिग जित्ने भएको पनि बताएका छन्। भेट«ान खेलाडीमात्र नभई युवा विदेशी खेलाडी पनि अनुबन्ध गर्ने उनले सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here