जसपाको यादव र भट्टराई पक्षलाई निर्वाचन आयोगले आधिकारिकता

93

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।

यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो।  जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुबै पक्षलाई बोलाएको थियो। आयोगले ५१ सदस्यीय कार्यकारिणी समितिलाई आधिकारिकता मान्दै अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा ‘हेड काउन्ट’ गरेको थियो।  ५१ सदस्यीय मध्ये रेशम चौधरी तटस्थ बसेका थिए।

उनले दुबै पक्षमा सनाखत गरेनन्। पक्ष बिपक्षमा भएका ५० जना मध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए।  योसँगै महन्थ ठाकुर पार्टीविहीन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here