प्रधानमन्त्री र जसपा अध्यक्षबीच सरकार विस्तारका विषयमा छलफल

67

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग जसपा अध्यक्ष उपेन्द्र यादव एवं संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भेटवार्ता गरेका छन्। बालुवाटारमा शनिबार साँझ भएको भेटमा   सरकार विस्तारलगायत विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री देउवाले गत असार २९ गते पद तथा गोपनीयताको शपथ लिए पनि शपथ लिएको १९ दिन बितिसक्दा समेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपाल (जसपा) बीच सत्ता समीकरणमा मन्त्रालयको भागबण्डा लागिनसकेको अवस्थामा कसलाई कुन मन्त्रालय जिम्मेवारी दिने भन्ने विषयमा अझै टुङ्गो लाग्न बाँकी रहेको सत्तारुढ दलका नेताहरुको भनाइ छ।

करिब एक घण्टा चलेको छलफलमा मन्त्रिपरिषद् विस्तारसँगै जनताका दैनन्दिन समस्या सम्बोधनका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटका अवसरमा नेताहरुबीच  मंगलबारसम्म सरकारलाई पूर्णता दिने विषयमा सहमति बनेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here