अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ३ जना पक्राउ

154

काठमाडौं  । कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ बाट करिब ५ सयग्राम अवैध लागूऔषध चरेश सहित सोही ठाउँ बस्ने ३३ वर्षीय वीर बहादुर डागीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यूके ०६ भी ९८७७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट ४ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर हचुवा गढी गाउँपालिका-८ बस्ने २६ वर्षीय नबिन्द्र राई र सोही ठाउँ बस्ने २३ वर्षीय हेमराज राई रहेका छन् । को.१ ज ४५९ नम्बरको बलेरोलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट

खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी बोलेरोमा सवार उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here