सुरक्षाबाहेक राज्यका अन्य सुविधा नलिने स्वास्थ्य श्रेष्ठको घोषणा

139

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले तलब–भत्ता, आवास र गाडीको सुविधा नलिने घोषणा गरेका छन्। सुरक्षाबाहेक राज्यका अरु कुनै सुविधा नलिने घोषणा उनले गरेका छन्।

  साथै आफू पदमा रहुन्जेल आफू संलग्न व्यवसायको कार्यकारी पदबाट राजीनामा दिने जनाएका छन्। राज्यमन्त्री श्रेष्ठको शिक्षा, स्वास्थ्य, जलविद्युत् लगायत क्षेत्रमा लगानी छ।

आफ्नो सय दिने कार्ययोजना सुनाउन सोमबार पत्रकार सम्मेलन गरेका राज्यमन्त्री श्रेष्ठले असोज मसान्तसम्ममा एक तिहाइ जनसंख्यालाई कोभिड खोप लगाउने र चैत मसान्तसम्म सबैलाई खोपयुक्त बनाउने जनाए।

१० दिनअघि राज्यमन्त्री नियुक्त भएका श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता अनुसार नै आफूले काम गर्ने सुनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here