नेप्सेमा आज उच्च अंकको वृद्धि

83

काठमाडाैं । नेपालको पुँजीबजार मापक परिसूचक नेप्सेमा आज उच्च अंकको वृद्धि भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २६.०२ अंकले बढेर ३१११.०९ विन्दुमा उक्लिएको छ।

नेप्सेमा आज कूल ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२३ वटा कम्पनीका दुई करोड ११ लाख २९ हजार ८८ कित्ता सेयर एक लाख छ हजार ६२० पटक खरिद-बिक्री भएका थिए।  आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.०६ अंकले बढेर ५७७.५२ विन्दुमा उक्लिएको छ।

आज पाँचथर पावर कम्पनी र रुरु जलविद्युत परियोजनाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। युनिलिभर लिमिटेड नेपालका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.७९ प्रतिशतका दरले गुमाएका छन्।

अपी पावर कम्पनीका सेयर सबैभन्दा धेरै ४६ करोड ८२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। संख्यात्मक आधारमा पनि सोही कम्पनीका सेयर सबैभन्दा धेरै नौ लाख ५० हजार ३१९ कित्ता र अपीकै सेयर सबैभन्दा धेरै तीन हजार ५३७ पटक किनबेच भएका थिए।  आज विकास बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here