४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज

57

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ। मंगलबार एक सूचना जारी गर्दै आयोगले ४१ वटा राजनीतिक दलहरुको दर्ता खारेज भएको जनाएको छ।

मंगलबार बसेको निर्वाचन आयोगको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने विभिन्न ४१ राजनीतिक दललाई बुधबारदेखि लागू हुनेगरी दर्ता खारेज गरेको हो। खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने आयोगले निर्णय गरेको छ। यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा १३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको आयोगले जनाएको छ।

आयोगले दर्ता खारेज गरेको राजनीतिक दलहरुमा राष्ट्रिय जनएकता पार्टी, नागरिक समाजवादी पार्टी, राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय शिवसेना पार्टी लगायतका रहेका छन्।

आयोगले दल दर्ता खारेज गरेका ४१ राजनीतिक दलबाट तिर्न बाँकी रकम असुल नहुँदासम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने निर्णय गरेको छ।

‘आयोगबाट प्रत्येक राजनीतिक दललाई तोकिएको जरिवाना रकम पचास हजार सरकारी बाँकी सरह असुल उपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंमा लेखी पठाउने, जरिवाना रकम असुल उपर नभएसम्मको अवधिको लागि खारेज भएका दलका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू आयोगमा दर्ता कायम रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने व्यवस्थाका लागि नयाँ दल दर्ता हुँदा र कायम रहेका दल अद्यावधिक गर्दाका बखत नाम ठेगाना भिडाई मात्र कानून बमोजिम अग्रिम कारवाही प्रक्रिया अगाडी बढाउने समेत निर्णय भएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूच

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here