भारतमा पतिसँग सल्किएको आशंकामा पत्नीले काटिदिइन् युवतीको कपाल !

143

एजेन्सी । आफ्ना पतिसँग सल्किएको आशंकामा पत्नीले एक युवतीको कपाल काटिदिएकी छन् । भारतको गुजरातमा भएको यस्तो घटना भएको हो ।

गाउँका सबै मान्छेलाई बोलाएर युवतीको कपाल काटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय महिलाले ती युवतीलाई समातेर राखे भने शंका गर्ने पत्नीले कपाल काटिन् । पीडित युवतीले चिच्याउँदा समेत कसैले सहयोग गरेनन् ।

सुरतको पलसानास्थित तातीथईया गाउँमा भएको घटनामा जबरजस्ती कपाल काटिएको छ ।

घटना सार्वजनिक भएपछि प्रहरीले पीडित युवतीको उजुरी दर्ता गरेर अनुसन्धान शुरू गरेको छ । घटनाका मुख्य आरोपी पत्नीलाई पक्राउ गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here