१४ अर्ब १३ करोड ७३ लाख ३८ हजार शेयर कारोबार

101

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ४७ अंकले बढेर ३,१०९ दशमलव ६० को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ६७ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

अपर तामाकोशीको ५८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।  त्यस्तै, अपि पावर कम्पनीको ५३ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिनर्जी पावर कम्पनीको ५० करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४५ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेशनल हाइड्रोपावर कम्पनीको ४२ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको छ  त्यस्तै, आज आइसीएफसी फाइनान्स कम्पनी, कपोैरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स, यूनियन हाइड्रोपावर, जीवन बिकास लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।  एसबिएल डिबेञ्चरका इकार्ईले सबैभन्दा धेरै प्रतिशतका दरले गुमाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here