चेल्सीले यूईएफए सुपरकप उपाधी जित्याे

252

बेलफास्ट । गोलरक्षक केपा एरिजाबालागाको उत्कृष्ट प्रदर्शनमा चेल्सीले बुधबार यूईएफए सुपरकप जितेको छ । उसले पेनाल्टीमा भिल्लारियललाई ६–५ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा थियो ।

गत सिजन पहिलो रोजाइका गोलरक्षक हुन छाडेका स्पेनी एरिजाबालागा अतिरिक्त समयमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । व्यवस्थापक थोमस टुचलले गरेको विश्वासलाई सही ठहर्‍याउँदै उनले एइसा मान्डी र राउल अल्बिलको प्रहार गोल हुन दिएनन् ।

मे महिनामा चेल्सीले म्यानचेस्टर सिटीलाई हराएर युरोपेली च्याम्पियन्स लिग जितेको थियो । त्यही हैसियतमा उसले सुपरकप खेलेको हो । भिल्लारियल भने युरोपा लिग विजेताका रूपमा मैदानमा उत्रेको हो ।

चेल्सीले खेलको २७औं मिनेटमा हाकिम जियेचको गोलमा अग्रता लिएको थियो । तर ७३ औं मिनेटमा जेरार्ड मोरेनोले बराबरी गोल फर्काए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here