लुम्बिनी प्रदेश संसदीय दलका नेता सोनाम मुख्यमन्त्रीमा नियुक्त

194

बुटबल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ ।

केसीलाई मुख्यमन्त्री नियुक्त गर्न आजै चारदलीय गठबन्धनले ४२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here